Kathmandu Press

अटोमेटिक पेस्तोल र भरुवा बन्दुकसहित दुईजना पक्राउ 

अटोमेटिक पेस्तोल र भरुवा बन्दुकसहित दुईजना पक्राउ 

काठमाडौं, असार २४ : प्रहरीले अटोमेटिक पेस्तोल र भरुवा बन्दुकसहित दुईजना पक्राउ गरेको छ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१९ फुटाहबाट एक थान अटोमेटिक पेस्तोलसहित सोही उपमहानगरपालिका–२१ पुरैना बस्ने सोही उपमहानगरपालिका–१२ घर भएका ३१ वर्षीय अजिज अहमद शेषलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

हातहतियारसहित शंकास्पद मानिस हिँडिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पुरैनाबाट राँझातर्फ साईकलमा जाँदै गरेको अवस्थामा उनलाई पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो। उनीउपर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

त्यस्तै दाङको दंङ्गीशरण गाउँपालिका(२ स्थित तिलकन्या सामुदायिक बनबाट १ थान भरुवा बन्दुक सहित सोही ठाउँ बस्ने २४ वर्षीय मेघराज पुनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ। अवैध भरुवा बन्दुक साथमा लिई शिकार खेल्न हिँडेको अबस्थामा प्रहरी चौकी गोल्टाकुरीबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो। 

यी दुवै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: १४:३५ बजे, बिहीबार, असार २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्