Kathmandu Press

मानव बेचबिखनमा संलग्न रहेको आरोपमा दुईजना पक्राउ 

कास्की, असार २४ : मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुईजनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-१० रामबजारमा होटल संचालन...
मानव बेचबिखनमा संलग्न रहेको आरोपमा दुईजना पक्राउ 

कास्की, असार २४ : मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुईजनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-१० रामबजारमा होटल संचालन गरी बस्ने ५३ वर्षीय गौमती गुरुङ र कास्की रुपा गाउँपालिका–१० हंसपुर घर भएका ४० वर्षीय आइतीमाया गुरुङ छन्।

Hardik ivf

उनीहरुले पीडितलाई बिभिन्न प्रलोभनमा पारी सोही महानगरपालिका-१० रामबजारस्थित एक होटलमा राम्रो काममा लगाईदिन्छु भन्दै खाजा नास्ता वितरणको काममा लगाएकोमा एक दुईदिनपछि नै खाजा घरमा आउने व्यक्तिहरुसँग खाजाघर सञ्चालकले पैसा लिई डरधाक धम्की देखाई जबरजस्ती शारीरिक सम्पर्क गर्न लगाई यौन शोषण गराएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यलाय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरुउपर मानव वेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरअन्तर्गत पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रकाशित मिति: १३:४५ बजे, बिहीबार, असार २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्