जबर्जस्ती करणीको आरोपमा दुईजना पक्राउ
काठमाडौं, असार २४ : जबर्जस्ती करणीको आरोपमा सुनसरीबाट एक र तेह्रथुमबामट उक गरी दुईजना पक्राउ परेका छन्। १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा...
काठमाडौं, असार २४ : जबर्जस्ती करणीको आरोपमा सुनसरीबाट एक र तेह्रथुमबामट उक गरी दुईजना पक्राउ परेका छन्।
१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरीको मोरङ सुन्दरहरैचा नगरपालिका–६ बस्ने २१ वर्षीय दिलीप श्रेष्ठलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।
सुनसरी इटहरीकी ती किशोरीलाई आइतबार जबरजस्ती करणी गरी फरार रहेका श्रेष्ठको खोजी गर्ने क्रममा ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनकै घर ठेगानामा लुकिछिपि बसेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो।
श्रेष्ठउपर जवरजस्ती करणी सम्बन्धि मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
त्यस्तै नौ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तेह्रथुमको छथर गाउँपालिका(१ डङडगे बस्ने ५० वर्षीय साङगे शेर्पा (फुर्वा) लाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
शेर्पाले ती बालिकालाई सोमबार बारीमा घाँस काट्ने क्रममा ललाई फकाई खाना खान जाउ भनि घरमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी शुक्रबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
दुवै घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











