विद्युत् भार कटौती अन्त्य गर्न अल्टिमेटम
सुर्खेत, असार २४ : सुर्खेतमा पछिल्लो समय हुँदै आएको पटके विद्युत् भार कटौती अन्त्य गर्न व्यवयायीले दुईदिने अल्टिमेटम दिएका छन्। सुर्खेत उद्योग वाणिज्य सङ्घले नेपाल...
सुर्खेत, असार २४ : सुर्खेतमा पछिल्लो समय हुँदै आएको पटके विद्युत् भार कटौती अन्त्य गर्न व्यवयायीले दुईदिने अल्टिमेटम दिएका छन्।
सुर्खेत उद्योग वाणिज्य सङ्घले नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रादेशिक कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउँदै अनियमित तवरले भइरहेको विद्युत् भार कटौती अन्त्यको माग गरेको छ।
संघका अध्यक्ष धनबहादुर रावतले सूचनाबिना पटकपटक विद्युत् आउने जाने समस्याले सर्वसाधारण मात्रै नभई व्यवसायीसमेत मर्कामा परेको बता्ए। ‘हामीले दुई दिनभित्र समस्या सुधार गर्न चेतावनी दिएका छौँ, अन्यथा समस्या बारम्बार दोहोरिरहे आन्दोलनमा उत्रन बाध्य हुनेछौँ,’ उनले भने।
प्राधिकरण कर्णाली प्रादेशिक कार्यालय प्रमुख सुरेन्द्र अग्रहरिले ३३ केभी कोहलपुर सुर्खेत प्रसारण लाइनको क्षमता विस्तार नहुँदा विद्युत् आपूर्तिमा कठिनाइ भइरहेको बताए। उनका अनुसार १३२ केभी प्रसारण लाइन निर्माणको तयारीमा रहेको छ।
प्रादेशिक कार्यालय प्रमुख अग्रहरिले ग्राहकको बढ्दो सङ्ख्या, कम क्षमताको प्रसारण लाइनका कारण आपूर्तिमा समस्या देखिने गरेको बताए।











