युरो कप र कोपा अमेरिकामा सट्टेबाजी खेलाउने पक्राउ
पोखरा, असार २४ : युरो कप र कोपा अमेरिकाको फुटबल खेलमा सट्टेबाजी खेलाउने एकलाई प्रहरीले पक्राउ गरेको छ।गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट...
पोखरा, असार २४ : युरो कप र कोपा अमेरिकाको फुटबल खेलमा सट्टेबाजी खेलाउने एकलाई प्रहरीले पक्राउ गरेको छ।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले अनलाइन (भाइबर, ह्वाट्सएप) मार्फत सट्टेबाजी गराइरहेको अवस्थामा पोखरा महानगरपालिका–६ लेकसाइडस्थित एक होटलबाट पोखरा–२७ तालचोकका १८ वर्षीय सुलभ सुवेदीलाई पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता प्रनाउ सुवास हमालले जानकारी दिए।
उनलाई सार्वजनिक हित स्वास्थ्य सुरक्षा सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत सट्टेबाजी गर्न नहुने कसुरमा सातदिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको उनले बताए। यसमा संलग्न अन्य व्यक्तिको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ०७:०८ बजे, बिहीबार, असार २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











