नेपाल–चाइना ट्रेड एण्ड इन्डष्ट्रियलद्धारा विपतमा चाहिने साम्रागीहरुको सहयोग
काठमाडौं, असार २३ : नेपाल-चाइना ट्रेड एण्ड इन्डष्ट्रियल एसोसिएसनले दोलखा प्रहरीलाई विपत प्रतिकार्यका लागि आवश्यक सामग्रीहरु हस्तान्तरण गरेको छ।एसोसिएसनले बुधबार विपत प्रतिकार्य तथा...
काठमाडौं, असार २३ : नेपाल-चाइना ट्रेड एण्ड इन्डष्ट्रियल एसोसिएसनले दोलखा प्रहरीलाई विपत प्रतिकार्यका लागि आवश्यक सामग्रीहरु हस्तान्तरण गरेको छ।
एसोसिएसनले बुधबार विपत प्रतिकार्य तथा व्यवस्थापनका लागि आवश्यक सामग्रीहरु लाइफ ज्याकेट, ट्रेकिङ ब्याग, रेनकोट, गमबुट, कोदालो, खानेपानी प्रसोधन, करौती, प्राथमिक उपचारको सामाग्री, त्रिपाल, डोरी लगायतका सामग्रीहरु हस्तान्तरण गरेको हो ।
नेपाल-चाइना ट्रेड एण्ड इन्डष्ट्रियल एसोसिएसनकी अध्यक्ष अन्जु पौडेलले दोलखा जिल्लामा यसवर्ष हालसम्म विपत नआएको र आइहालेमा त्यसको व्यवस्थापनका लागि पूर्वतयारी स्वरुप सामग्री दिइएको बताइन् । यसैगरी, राप्रपाका कार्यसम्पादन समिती सदस्य सोभित उप्रेतीले दोलखा जिल्लाकै स्वास्थ्य चौकीहरुलाई अक्सिजन कन्सेन्ट्रेटरहरु पनि प्रदान गरेको छ ।

यसअघि कुनैपनि प्रकारका सहयोग प्राप्त नगरेका तथा कन्सेन्ट्रेटर नभएका स्वास्थ्य चौकीहलाई कन्सेन्ट्रेटर प्रदान गरिने उप्रेतीले बताए । दश लाख रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरिएको नेपाल–चाइना ट्रेड एण्ड इन्डष्ट्रियल एसोसिएसनकी अध्यक्ष अन्जु पौडेलले बताइन्।
एसोसिएसनले नेपालमा आइपर्ने विभिन्न आपत्कालीन अवस्थामा सहयोग गर्दै आएको तथा यो सहयोग पनि निरन्तरताको प्रक्रिया भएको जनाएको छ । एसोसिएसनलेयसअघि पनि मेलम्चीमा बाढी आउँदा हेलम्बु र मेलम्चीबासीका लागि अति आवश्यकता सामाग्री वितरण गरेको थियाे। चीनमा कार्यरत नेपाली व्यवसायीहरुको सहयोग स्वरुप यी सामग्रीहरु हस्तान्तरण गरिएको हो।











