Kathmandu Press

अवैध रुपमा काठ कटान गर्ने ६ जना पक्राउ 

काठमाडौं, असार २३ : नेपाली सेनाले रारा राष्ट्रिय निकुञ्ज भित्रको पिना खोला ईलाकामा बिना ईजाजत अवैध रुपमा काठ कटान गरिरहेको अवस्थामा ६ जनालाई...
अवैध रुपमा काठ कटान गर्ने ६ जना पक्राउ 

काठमाडौं, असार २३ : नेपाली सेनाले रारा राष्ट्रिय निकुञ्ज भित्रको पिना खोला ईलाकामा बिना ईजाजत अवैध रुपमा काठ कटान गरिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ ।

रारा राष्ट्रिय निकुञ्ज भित्रको पिना खोला ईलाकामा बिना ईजाजत अवैध रुपमा काठ कटान गरिरहेको अबस्थामा नेपाली सेना तथा रारा राष्ट्रिय निकुञ्ज कर्मचारी सहितको संयुक्त पट्रोल टोलीले ६ जना व्यक्तिहरुलाई पक्राउ गरि निकुञ्ज कार्यालयमा बुझाईएको नेपाली सेनाले जनाएको छ ।

उनीहरुबाट कुप्पु काठ, फिटे दार लगायतका काठहरु बरामद गरिएको थियो । 
 

प्रकाशित मिति: १९:४० बजे, बुधबार, असार २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्