Kathmandu Press

अछाममा बस दुर्घटना, १५ घाइते

अछाम, असार १८ : अछामको साँफेबगर नगरपालिका–२ को झकालेमा आज बिहान बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। घाइतेमध्ये चारको अवस्था गम्भीर रहेको छ।....

अछाममा बस दुर्घटना, १५ घाइते
Hardik ivf

अछाम, असार १८ : अछामको साँफेबगर नगरपालिका–२ को झकालेमा आज बिहान बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। घाइतेमध्ये चारको अवस्था गम्भीर रहेको छ।

महेन्द्रनगरबाट बाजुराका लागि छुटेको पवनदूत यातायातको ना ७ ख २५६४ नम्बरको बस सडकबाट २५ मिटर तल खसेको अछाम जिल्ला प्रहरी कार्यालयका डिएसपी जनकबहादुर शाहीले बताए। घाइतेको बयलपाटा अस्पतालमा उपचार भइरहेको छ।

बस विपरीत दिशाबाट आइरहेको अर्को सवारीसाधनलाई साइड दिने क्रममा सडक भासिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १०:५३ बजे, बुधबार, असार १८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्