Kathmandu Press

अफगानिस्तानबाट सैनिक फिर्ता प्रक्रिया ९० प्रतिशतभन्दा बढी पूरा : अमेरिका

काबुल, असार २३ : अमेरिकाले अफगानिस्तानबाट फिर्ता लिने सम्पूर्ण सैनिकको ‘९० प्रतिशतभन्दा बढी’ काम पूरा गरिसकेको संयुक्त राज्य अमेरिकाको केन्द्रीय कमाण्ड (सेन्टकम) ले...
अफगानिस्तानबाट सैनिक फिर्ता प्रक्रिया ९० प्रतिशतभन्दा बढी पूरा : अमेरिका

काबुल, असार २३ : अमेरिकाले अफगानिस्तानबाट फिर्ता लिने सम्पूर्ण सैनिकको ‘९० प्रतिशतभन्दा बढी’ काम पूरा गरिसकेको संयुक्त राज्य अमेरिकाको केन्द्रीय कमाण्ड (सेन्टकम) ले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ।

सेन्टकमले मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘अफगानिस्तानमा रहेका अमेरिकी सेना फिर्ता प्रक्रिया जारी छ। हामीले सम्पूर्ण प्रक्रियाको ९० प्रतिशतभन्दा बढी काम पूरा गरिसकेका छौं। अफगानिस्तानमा तालिबानको निरन्तर बिरोध र दर्जनौं जिल्लाको कब्जा बीचमा हिंसामा भएको तीव्र वृद्धिको पृष्ठभूमिमा यो कुरा आयो।’

Hardik ivf

विज्ञप्तिमा भनिएको छ, ‘जुलाइसम्म रक्षा विभागले ९८४–सी १७ विमानमार्फत सुरक्षा प्रबन्धका १७ हजार ७४ थान सामान फिर्ता लिएको छ । अमेरिकी सेनाले करिब दुई दशक पहिले अवतरण गरेको बग्रान शिबिरलाई विशेष उत्सब बिना नै आबश्यक प्रतिरक्षा सामग्री अफगानी निकायलाई हस्तान्तरण गरेको छ ।’

बग्राममा पहिलो अमेरिकी सेना आइपुगेको करिब दुई दशकमा यस क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिन मद्दत गरेको अफगानिस्तानको सैनिकलाई उक्त क्षेत्र गत हप्ता हस्तान्तरण  गरेको थियो । 

“तालिबानले देशभरिका ५० भन्दा बढी जिल्लाहरू नियन्त्रणमा लिएको छ । अमेरिकी गुप्तचर संस्थाले अफगानिस्तानबाट अमेरिकी सेना फर्केको केही महिनाभित्र सरकार तालीबानी विद्रोहीको कब्जामा पर्नसक्ने बताएको छ ।

तालिवान समूहले अर्को सय बर्षमा पनि अफगान सरकारलाई समर्पण गराउन नसक्न मंगलबार अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले बताए। 

मन्त्रिपरिषद्को बैठकमा घानीले तालिबान र त्यसका समर्थकहरू मुलुकमा वर्तमान रक्तपात र विनाशका लागि जिम्मेवार रहेको बताए। 

तालिवानको क्षेत्र विस्तारको मतलब उनीहरूलाई अफगानद्वारा स्वागत गरिएको होइन, र जनता आफ्नो क्षेत्रको रक्षा गर्न तयार छन् भन्ने भएको राष्ट्रिय सुरक्षा सल्लाहकार हमदुल्लाह मुहीबले बताए। 

प्रकाशित मिति: १८:०८ बजे, बुधबार, असार २३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्