Kathmandu Press

हाइटीका राष्ट्रपति मोइसेको निवासमै हत्या

काठमाडौं, असार २३ : हाइटीका राष्ट्रपति जाभोनेल मोइसेको हत्या भएको छ। आफ्नै निवासमा उनको हत्या भएको हाइटी सरकारले जनाएको छ। स्थानीय समयअनुसार राति १...
हाइटीका राष्ट्रपति मोइसेको निवासमै हत्या

काठमाडौं, असार २३ : हाइटीका राष्ट्रपति जाभोनेल मोइसेको हत्या भएको छ। आफ्नै निवासमा उनको हत्या भएको हाइटी सरकारले जनाएको छ। 

स्थानीय समयअनुसार राति १ बजे निजी निवासमा हतियारधारी एक समूहले राष्ट्रपति मोइसेको हत्या गरेको त्यहाँका प्रधानमन्त्री क्लाउडे जोसेपले एक विज्ञप्तिमार्फत बताएका छन्।

हत्या गर्नेहरु को हुन् भन्ने अहिलेसम्म नखुलेको उनीहरु स्पेनिस भाषा बोल्ने मानिसहरु रहेका विज्ञप्तिमा जनाइएको छ।

आक्रमणमा राष्ट्रपति मोइसेकी पत्नीलाई पनि गोली लागेको छ। यो घटनालाई ‘घृणित, अमानवीय र बर्बर’ भएको प्तिक्रिया प्रधानमन्त्री जोसेपले दिएका छन्।

प्रकाशित मिति: १६:५० बजे, बुधबार, असार २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्