Kathmandu Press

थप २९७९ जनामा कोरोना संक्रमण पुष्टि, २८ को मृत्यु

देशका विभिन्न स्थानमा गरिएको पीसीआर परीक्षणमा २०७७ र एन्टीजेनमा ९०२ गरी २९७९ जनामा संक्रमण पुष्टि भएको हो ।
थप २९७९ जनामा कोरोना संक्रमण पुष्टि, २८ को मृत्यु

काठमाडौं, असार २३ : पछिल्लो २४ घण्टामा देशभर २९७९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन। 

देशका विभिन्न स्थानमा गरिएको पीसीआर परीक्षणमा २०७७ र एन्टीजेनमा ९०२ गरी २९७९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ७८३५ पीसीआर र ४०६३ एन्टीजेन परीक्षण भएका छन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३३३ जना संक्रमणमुक्त भएका छन् । यस्तै संक्रमणबाट थप २८ जनाको मृत्यु भएको छ।
 

प्रकाशित मिति: १६:२८ बजे, बुधबार, असार २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्