मिटर जडान गर्न गएका विद्युत प्राधिकरणका कर्मचारीको करेन्ट लागेर मृत्यु
झापा, असार २३ : विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रका कर्मचारी ६१ वर्षीय कुलबहादुर भट्टराईको करेन्ट लागेर आज बिहान मृत्यु भएको छ। नगरपालिका–८ बाह्रबिघेस्थित रामकुमारी दर्जीको...
झापा, असार २३ : विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रका कर्मचारी ६१ वर्षीय कुलबहादुर भट्टराईको करेन्ट लागेर आज बिहान मृत्यु भएको छ।
नगरपालिका–८ बाह्रबिघेस्थित रामकुमारी दर्जीको घरमा मिटर जडान गर्नका लागि बिजुलीको पोलमा चढ्ने क्रममा करेन्ट लागि भूइँमा लड्दा उनको टाउकामा गम्भीर चोट लागेको थियो।
बिर्तामोड नगरपालिका–४ स्थित जात्रुबाडी बस्ने घाइते भट्टराईको उपचारका लागि बी एण्ड सी अस्पताल बिर्तामोड पु¥याउने बित्तिकै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १५:५२ बजे, बुधबार, असार २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











