Kathmandu Press

विश्व स्वास्थ्य सङ्गठनद्वारा कोरोनाको उपचारका लागि नयाँ औषधी सिफारिस

जेनेभा, असार २३ : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाभाइरसको उपचारका लागि नयाँ औषधी सिफारिस गरेको छ। विभिन्न परीक्षणबाट कोरोनाभाइरसविरुद्ध उपचार गर्नका लागि प्रभावकारी पुष्टि...
विश्व स्वास्थ्य सङ्गठनद्वारा कोरोनाको उपचारका लागि नयाँ औषधी सिफारिस
Hardik ivf

जेनेभा, असार २३ : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाभाइरसको उपचारका लागि नयाँ औषधी सिफारिस गरेको छ। विभिन्न परीक्षणबाट कोरोनाभाइरसविरुद्ध उपचार गर्नका लागि प्रभावकारी पुष्टि भएकाले ‘इन्टरलेउकिन—६’ प्रयोग गर्न सकिने निश्कर्ष निकालेर सिफारिस गरिएको डब्लुचएओले जनाएको छ।  

औषधीसम्वन्धी विभिन्न अध्ययन तथा विश्लेषणले कोरोनाभाइरसविरुद्ध यो औषधी उपयोगी हुने निश्कर्ष निकालेको डब्लुएचओका अधिकारीहरुले बताएका छन्। डब्लुएचओले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा यो औषधीका बारेमा गरिएको अध्ययन तथा विश्लेषण धेरै ठूला अध्ययन मध्येको एक भएको जानकारी दिइएको थियो। 

‘कोरोनाभाइरसका कारण गम्भीर अवस्थामा रहेका विरामीलाइ पनि यसले सन्चो गराएको पाइएको छ, यसले विषेश गरेर प्रतिरक्षा शक्ति बढाउने काम गर्ने र यो धेरै प्रभावकारी भएको देखिएको छ,’ डब्लुएचओका एक उच्च अधिकारीले पत्रकार सम्मेलनमा भने।
 

प्रकाशित मिति: १५:१४ बजे, बुधबार, असार २३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्