पर्वत, दार्चुला र रामेछापमा एकएकजना मृत अवस्थामा फेला
काठमाडौं, असार २३ : पर्वत, दार्चुला र रामेछापमा एकएकजना मृत अवस्थामा फेला परेका छन्।पर्वतको बिहादी गाउँपालिका–१ बाच्छा आचार्य टोल बस्ने ४० वर्षीय गोपालबहादुर...
काठमाडौं, असार २३ : पर्वत, दार्चुला र रामेछापमा एकएकजना मृत अवस्थामा फेला परेका छन्।
पर्वतको बिहादी गाउँपालिका–१ बाच्छा आचार्य टोल बस्ने ४० वर्षीय गोपालबहादुर क्षेत्री सोही ठाउँस्थित भडारीचौर कुलोमा मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
रामेछापको खाँडादेवी गाउँपालिका–४ खल्लरीस्थित तामाकोसी नदीको किनारमा नाम, थर, वतन खुलिनसकेका करिब ४५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
त्यस्तै दार्चुलाको शैल्यशिखर नगरपालिका–२ मकन्नास्थित चौलानी नदीको बीच भागमा हाल नाम, थर, वतन नखुलेका करिब ३२ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यी सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।
प्रकाशित मिति: १४:२१ बजे, बुधबार, असार २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











