Kathmandu Press

सवारी दुर्घटनामा पाँचजनाको मृत्यु 

काठमाडौं, असार २३ : काठमाडौं, तनहुँ, सप्तरी, नवलपरासी (पूर्व) र बैतडीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी पाँचजनाको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका-३२ जडिबुटीस्थित सडकमा...
सवारी दुर्घटनामा पाँचजनाको मृत्यु 

काठमाडौं, असार २३ : काठमाडौं, तनहुँ, सप्तरी, नवलपरासी (पूर्व) र बैतडीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी पाँचजनाको मृत्यु भएको छ।
 
काठमाडौं महानगरपालिका-३२ जडिबुटीस्थित सडकमा ना६क ४२७५ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सिन्धुपालचोक लिसङखुपाखा गाउँपालिका(७ घर भएका ४४  वर्षीय काशीराज कार्कीको मंगलबार राति मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टर महांकालमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

तनहुँको आबुखैरेनी गाउँपालिका-२ एक्लेफाँटस्थित पृथ्वी राजमार्गमा भएको सवारी दुर्घटनामा लु८प ८३५३ नम्बरको मोटरसाइक चालक सोही गाउँपालिका-२ मार्कीचोक बस्ने ३१ वर्षीय दुर्गा भुजेलको मंगलबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ।

उक्त राजमार्गमा ना६ख ६११८ नम्बरको ट्रकमा लु८प ८३५३ नम्बरको मोटरसाइकल ठोक्किएर अनियन्त्रित भई पुनः ना६ख ४४४७ नम्बरको ट्रकमा ठक्कर खाई भएको दुर्घटनामा भुजेलको मृत्यु भएको हो।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १७ वर्षीय साजन भुजेललाई उपचारका लागि हाडजोर्नी अस्पताल आबुखैरेनी पठाइएको छ। दुवै ट्रक चालकलाई प्रहरीले  नियन्त्रणमा लिएको छ। 

सप्तरीको कञ्चनरुप नगरपालिका-११ डेङग्रीस्थित सडकमा स१क २८० नम्बरको टिपरको ठक्करबाट साईकलयात्री सोही ठाउँ बस्ने ४० वर्षीय कौशल्या चौधरीको मंगलबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

नवलपरासी (पूर्व)को कावासोती नगरपालिका–१ कोईलापानीस्थित भित्री सडकमा ना२६ प ५९६१ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक हुप्सेकोट गाउँपालिका–१ जुकेपानी बस्ने २० वर्षीय केसर सुनारीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएको उनको कालीगण्डकी अस्पताल कावासोती हुँदै नारायणी सामुदायिक अस्पताल चितवनमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

बैतडीको मेलौली नगरपालिका-५ महारुद्रस्थित सडकमा मेलौलीबाट तितावैतर्फ जाँदै गरेको से२त २५८१ नम्बरको ट्याक्टर सडकबाट तल खसेर मंगलबार राति दुर्घटना हुँदा ट्याक्टरका सहचालक पंचेश्वर गाउँपालिका-५ बस्ने ३० वर्षीय राज बहादुर चन्दको घटनास्थलमै मृत्यु भएको छ।

साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ३५ वर्षीय डम्बर बहादुर चन्दलाई उपचारको लागि स्थानीय मेडिकलतर्फ  लगिएको छ। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: १४:१२ बजे, बुधबार, असार २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्