Kathmandu Press

भारतमा थपिए ४३ हजार बढी कोरोना संक्रमित

भारतमा थपिए ४३ हजार बढी कोरोना संक्रमित

नयाँ दिल्ली, असार २३ : भारतमा ४३ हजार ७३३ जना कोरोनाभाइरका नयाँ  सङ्क्रमित भएका छन् । योसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या चार लाख ५९ हजार ९२० पुगेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या थोरै भएको १०२ दिनपछि पहिलो पटक भएको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन्। अहिलेसम्म कुल सङ्क्रमित मध्ये १।५ प्रतिशत मात्रै अहिले सक्रिय सङ्क्रमित रहेका हुन्। 

Hardik ivf

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या दुइ करोड ९७ लाख ९९ हजार ५३४ रहेको छ। ती मध्ये ४७ हजार २४० जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका हुन्।

यो तथ्याङ्क अनुसार भारतमा अहिले सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या ९७.१८ प्रतिशत रहेको छ। भारतको चिकित्सा अनुसन्धान परिषद्का अनुसार अहिलेसम्म ४२ करोड ३३ लाख ३२ हजार ९७ ओटा स्वाब परिक्षण गरिएको छ। ती मध्ये १९ लाख सात हजार २१६ जना पछिल्लो एक दिनमा गरिएको हो। 
 

प्रकाशित मिति: १३:५५ बजे, बुधबार, असार २३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्