Kathmandu Press

दक्षिण कोरियामा कोरोना संक्रमित बढ्न थाले

काठमाडौं, असार २३ : दक्षिण कोरियामा कोभिड १९ का सङ्क्रमितहर फेरि बढ्न थालेका छन्। प्राप्त समाचारअनुसार यहाँ गएको २४ घन्टा यता मात्र कोभिडका सङ्क्रमितहरु...
दक्षिण कोरियामा कोरोना संक्रमित बढ्न थाले

काठमाडौं, असार २३ : दक्षिण कोरियामा कोभिड १९ का सङ्क्रमितहर फेरि बढ्न थालेका छन्। प्राप्त समाचारअनुसार यहाँ गएको २४ घन्टा यता मात्र कोभिडका सङ्क्रमितहरु बढेका बुधबार स्वास्थ्य अधिकारी जानकारी दिएका छन्  ।

यहाँ केही दिनयता कोभिडका सङ्ंक्रमितहरु बढ्न थालेपछि यहाँ कोभिडको चौथो वेभ आउन सक्ने अनुमान गरिएको छ। यहाँ अबका केही दिनमा गर्मी मौसमको विदा सुरु हुँदैछ। यही विदाको पूर्व सन्ध्यामा यहाँ कोभिडका सङ्क्रमितहरु बढ्न थालेपछि यो चौथो वेभ आउन सक्ने त्रास बढेको बताइएको छ।

Hardik ivf

दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारी अनुसार यहाँ गएको २४ घन्टामा १ हजार २१२ जना सङ्क्रमित पाइएका छन् । योसँगै दक्षिण कोरियामा कोभिडका संक्रमितको संख्या १ लाख ६२ हजार ७५३ जना पुगेको बताइएको छ।

यहाँ पछिल्ला केही हप्ता यतादेखि कोभिडका सङ्क्रमितहरुको संख्या बढ्दो देखिएको छ। मङ्गलबार देखिएको १ हजार २१२ जना सङक्रमितको संख्या पनि धेरै पछि देखिएको ठूलो संख्या हो। तर पनि अघिल्ला दिनहरुमा यहाँ ७०० भन्दा केही धेरै मात्र संख्याका सङ्क्रमित भेटिएका थिए। त्यसमा बृद्धि भएर मङ्गलबार मात्र अकस्मात यति धेरै संख्यामा संक्रमितहरु पाइएको हो।

यहाँका स्वास्थ्य अधिकारीहरुले गएको छ महिनापछि यहाँ यति धेरै संख्यामा सङ्क्रमित भेटिएको बताएका छन्। यहाँ मृत्यु हुनेको संख्या भने थोरै रहेको छ । बुधबार देखिएका यी सङ्क्रमितहरुमा करिब ६०० जति राजधानी सोलकै रहेका पाइएको छ। यसकारण पनि धेरै पछि यति धेरै संख्यामा सङ्क्रमितहरु देखिँदा अर्को वेभको त्रास बढेको समाचारमा जनाइएको छ।
 

प्रकाशित मिति: १३:४६ बजे, बुधबार, असार २३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्