Kathmandu Press

विश्वभर तीन अर्ब २५ करोड ८५ लाख  ७२ हजार ८९२ डोज कोरोनाविरुद्ध खोप लगाइयो

जेनेभा, असार २३ : विश्वभर तीन अर्ब २५ करोड ८४ लाख ५९४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार...
विश्वभर तीन अर्ब २५ करोड ८५ लाख  ७२ हजार ८९२ डोज कोरोनाविरुद्ध खोप लगाइयो

जेनेभा, असार २३ : विश्वभर तीन अर्ब २५ करोड ८४ लाख ५९४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। 

कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन्।  

चीनमा एक अर्व ३१ करोड ८४ लाख १७ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। भारतमा ३६ करोड १३ लाख २३ हजार ५४८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। अमेरिकामा  ३३ करोड २ लाख १४ हजार ७३२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। ब्राजिलमा दश करोड १३ लाख ९४ हजार ६५० डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ।

बेलायतमा सात करोड ९९ लाख ७० हजार २ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ। जर्मनी सात करोड ७८ लाख ८२ हजार ४१४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। फ्रान्समा  पाँच करोड ७२ लाख ६९ हजार १५८ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ। इटाली पाँच करोड ६१  लाख ५६ हजार १०८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। 

टर्कीमा पाँच करोड ४६ लाख ५६ हजार १५ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ। जापान पाँच करोड ८ लाख ७० हजार ९६३ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। 
 

प्रकाशित मिति: १३:३८ बजे, बुधबार, असार २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्