Kathmandu Press

हरिणको छालासहित दुईजना पक्राउ

झापा, असार २३ : कचनकवल गाउँपालिका-३ बस्ने ४० वर्षीय लुखिराम हस्दा र सोही ठाउँ बस्ने २४ वर्षीय सुमन टुडुलाई १ थान हरिणको छाला...
हरिणको छालासहित दुईजना पक्राउ

झापा, असार २३ : कचनकवल गाउँपालिका-३ बस्ने ४० वर्षीय लुखिराम हस्दा र सोही ठाउँ बस्ने २४ वर्षीय सुमन टुडुलाई १ थान हरिणको छाला सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

सोही नगरपालिका-३ अभिमुक्तेश्वर सामुदायिक वनमा उनीहरुलगायत व्यक्तिहरुले हरिण मारी छाला काटी घरमा सुकाइरहेको भन्ने विशेष सूचानाका आधारमा प्रहरी चौकी पथरियाबाट खटिएको प्रहरीले उक्त हरिणको छालासहित दुवै जनालाई पक्राउ गरेको हो। 

उनीहरुलाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय झापामा बुझाइएको तथा घटनामा संलग्न रहेका हाल फरार अन्य व्यक्तिहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

प्रकाशित मिति: १३:२६ बजे, बुधबार, असार २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्