रेडपाण्डाको छाला सहित दुईजना पक्राउ

कैलाली, असार २३ : प्रहरीले धनगढी उपमहानगरपलिका-४ बोराडाँडीस्थित पण्डित मोटर्स वर्कसपबाट दुर्लभ वन्यजन्तु रेडपाण्डाको एक थान छाला सहित २ जनालाई पक्राउ गरेको छ ।
मंगलबार दिउँसो पक्राउ पर्नेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-३ बस्ने ३८ वर्षीय मुकेश भट्ट र पण्डित मोटर्स वर्कसपका सञ्चालक भारत मोतिहारी केसरिया थाना गोछी कुशगर घर भएका ४१ वर्षीय गगनदेव पण्डित छन् ।
उक्त वर्कसपमा वन्यजन्तु रेडपाण्डाको छालाको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढी तथा संघिय प्रहरी एकाइ कार्यालय धनगढीसमेतबाट खटिएको संयुक्त प्रहरी टोलीले वर्कसप तलासी गर्दा रेडपाण्डाको छाला फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो।
उनीहरुलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय धनगढी कैलालीमा बुझाइने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रकाशित मिति: १३:१५ बजे, बुधबार, असार २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)