Kathmandu Press

फ्रेस चेरीबाट १५ करोडभन्दा बढी आम्दानी

काठमाडौं, असार १७ : नेपालको एक मात्र लोकप्रिय कफी खेतीबाट उत्पादित फ्रेस चेरीको विक्रीबाट १५ करोडभन्दा बढी आम्दानी हुने गरेको पाइएको छ। कफी खेतीस....

फ्रेस चेरीबाट १५ करोडभन्दा बढी आम्दानी

काठमाडौं, असार १७ : नेपालको एक मात्र लोकप्रिय कफी खेतीबाट उत्पादित फ्रेस चेरीको विक्रीबाट १५ करोडभन्दा बढी आम्दानी हुने गरेको पाइएको छ। कफी खेतीसँगै अन्य बालीहरुबाट पनि किसानले ४ करोड ५५ लाख थप आम्दानी गर्ने छन्।

केन्द्रीय तथ्याङ्क विभाग अन्तर्गतको कृषि तथा पशुपंक्षी गणना तथा सर्र्वेक्षण शाखाले आर्थिक वर्ष २०७५-७६ मा व्यावसाियक कफी खेती सर्वेक्षण गरेको थियो। उक्त सर्वेक्षणमा उत्पादित चेरीबाट किसानलाई मात्र १५ करोड आम्दानी भएको उल्लेख छ।

नेपालमा कफी उत्पादन हुने देशभरका  ३२ जिल्ल्लामा  ६ हजार ३ सय ४६ कृषक व्यवसायिक खेती गर्ने गरेका छन्। व्यवसायीहरुले ९ सय ७३ हेक्टरमा कफी खेती गर्ने गरेको र वार्षिक रुपमा १५७३.६ मेट्रिकटन कफी उत्पादन गर्ने गरेको  सर्वेक्षणमा उल्लेख छ।

विभागले  प्रस्तुत गरेको प्रतिवेदन अनुसार प्रदेश नम्बर १ मा १ सय २०  दशमलव  ५ प्रतिशत, प्रदेश ३ मा ४ सय २३ दशमलव ४ प्रतिशत, गण्डकी प्रदेशमा २ सय ८१ दशमलव ४ प्रतिशत र प्रदेश न ५ मा १ सय ४७ दशमलव २ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ। ३२ जिल्लामा ९ सय ७२ दशमलव ६ प्रतिशत कफी खेती भइरहेको सर्वेक्षणमा उल्लेख छ।

३२ जिल्लामा स्थायीरुपमा  १ सय ४५ जना  जनशक्ति रोजगारमा संलग्न भएका छन् जसमध्येमा १ सय ८ जना बेतलबी र ३७ जना कामदार तलब लिएर काम गरिरहेको सर्वेक्षणमा उल्लेख छ। त्यस्तै, कफी खेतीमा अस्थायी कामदारका रुपमा नर्सरी व्यवसायमा कुल ४ हजार ५ सय ४१ व्यक्ति संलग्न रहेको उल्लेख छ।
 

प्रकाशित मिति: १९:५५ बजे, मंगलबार, असार १७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्