Kathmandu Press

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

बैतडी, असार २३ : ट्याक्टर दुर्घटना हुँदा बैतडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरका सहचालक पञ्चेश्वर गाउँपालिका–५ का ३१ वर्षीय सहचालक...
ट्याक्टर दुर्घटनामा एकको मृत्यु

बैतडी, असार २३ : ट्याक्टर दुर्घटना हुँदा बैतडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरका सहचालक पञ्चेश्वर गाउँपालिका–५ का ३१ वर्षीय सहचालक राजबहादुर चन्द रहेका छन् ।

चन्दको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

जिल्लाको ग्रामीण सडकखण्ड मेलौलीबाट तितावै जाँदै गरेको से २ त २५८१ ट्याक्टर गएराति पेले भन्ने ठाउँमा दुर्घटनामा भएको हो। दुर्घटनामा परी २२ वर्षीय डम्बर चन्द घाइते भएका छन् ।

ट्याक्टरका चालक डडेल्धुराका परशुराम नगरपालिका –५ जोगबुडाका ४७ वर्षीय मानबहादुर ठगुन्नालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 
 

प्रकाशित मिति: १३:१४ बजे, बुधबार, असार २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्