Kathmandu Press

बौद्धबाट १४ लाख नगदसहित २८ जुवाडे पक्राउ

बौद्धबाट १४ लाख नगदसहित २८ जुवाडे पक्राउ

काठमाडौं, असार २३ : मंगलबार राति प्रहरीले बौद्धबाट २८ जना जुवाडेलाई पक्राउ गरेको छ । 

काठमाडौं–६ बौद्ध सिमलटारका वाङ्चु शेर्पाको घरबाट प्रहरीले १४ लाख ५९ हजार ९ सय नगदसहित जुवाडे पक्राउ गरेको हो।

जुवा खालबाट ३० थान कौडा, २१ बुक तास, भारू ११ हजार ४ सयलगायत बरामद गरेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ।

जुवा अखडा सञ्चालन गर्ने ४० वर्षीय लालबहादुर विकसहितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ११:५१ बजे, बुधबार, असार २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्