Kathmandu Press

गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान ११ जनालाई प्रदान

काठमाडौं, असार २३ : गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान ११ जनालाई प्रदान गरिने भएको छ। गणेशमान सिंह फाउण्डेशनले विसं २०४६ को जनआन्दोलनका कमाण्डर एवं...
गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान ११ जनालाई प्रदान

काठमाडौं, असार २३ : गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान ११ जनालाई प्रदान गरिने भएको छ। गणेशमान सिंह फाउण्डेशनले विसं २०४६ को जनआन्दोलनका कमाण्डर एवं लौहपुरुष सिंहको स्मृतिमा स्थापना गरेको उक्त सम्मान विसं २०४६ मा प्रजातन्त्र ल्याउनका लागि सिंहको अभियानमा जोडिएका प्रजातन्त्र सेनानीलाई प्रदान गर्न लागेको हो।

फाउण्डेशनले प्रजातन्त्र सेनानी चोरेन्द्रमानसिंह प्रधान, राजकृष्ण अमात्य, स्व अरविन्द्र ठाकुर, स्व सूर्यप्रसाद रेग्मी, स्व गिरिराजकुमारी प्रसाई्रं, श्रीपटनाथ जोशी, फोटो पत्रकार मीनरत्न बज्राचार्य, रोमहरि अधिकारी, ध्रुव खनाल, वरिष्ठ पत्रकार भैरव रिसाल र डिल्लीप्रसाद सिटौलालाई प्रदान गर्न लागेको हो।

फाउण्डेशनले मङ्गलबार प्रजातन्त्र सेनानी खनाल र वरिष्ठ फोटो पत्रकार बज्राचार्यलाई सम्मान गरेको थियो । यस्तै क्रमशः नौ जनालाई सम्मान गर्दै जाने फाउण्डेशनका कार्यालय सचिव धर्मरत्न पाछैले जानकारी दिए।

सम्मानित हुनेलाई सम्मानपत्र, दोसल्ला र नगद २५ हजार रुपैयाँद्वारा सम्मान गरिनेछ। मङ्गलबार सम्मानित हुनेलाई कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले प्रमाणपत्र, दोसल्ला र नगदद्वारा सम्मान गरेका थिए।
 

प्रकाशित मिति: १०:०४ बजे, बुधबार, असार २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्