वर्षा र निराजन किन पुगे ‘बयर घारी’ मा? (भिडियो)
काठमाडौं, असार १७ : गायिका मेलिना र गायक बसन्त राईको स्वरमा नयाँ आधुनिक गीत ‘बयर घारी’ बजारमा आएको छ।
दीपक शर्माको शब....

काठमाडौं, असार १७ : गायिका मेलिना र गायक बसन्त राईको स्वरमा नयाँ आधुनिक गीत ‘बयर घारी’ बजारमा आएको छ।
दीपक शर्माको शब्द रहेको गीतलाई नरेन्द्र वियोगीले एरेन्ज गरेका छन्। गीतको भिडियोमा निराजन प्रधान र वर्षा राउतको प्रेमलाई प्रस्तुत गरिएको छ।
गीतको नृत्यमा अगम कटवाल (अल्लु)लाई समेत देख्न सकिन्छ। भिडियोको कोरियोग्राफी रोहित बस्नेत र निर्देशन रोशेल थापाले गरेका छन्। भिडियोमा एमआर क्रियशनको प्रस्तुति रहेको छ।
भिडियो हेर्नुस्:
प्रकाशित मिति: १९:२५ बजे, मंगलबार, असार १७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार












