Kathmandu Press

हरिणको छाला सहित २ जना पक्राउ

काठमाडौं, असार २२ : झापामा हरिणको छालासहित दुई जना पक्राउ परेका छन् ।झापाको कचनकवल गा.पा. वडा नं. ३ अभिमुक्तेश्वर सामुदायिक बनमा हरिण मारी...
हरिणको छाला सहित २ जना पक्राउ

काठमाडौं, असार २२ : झापामा हरिणको छालासहित दुई जना पक्राउ परेका छन् ।

झापाको कचनकवल गा.पा. वडा नं. ३ अभिमुक्तेश्वर सामुदायिक बनमा हरिण मारी छाला काटि घरमा सुकाई रहेको अवस्थामा सोही गा.पा. बस्ने ४० बर्षीय लुखिराम हस्दा र २४ बर्षीय सुमन टुडु पक्राउ परेका हुन् ।

पथरियाबाट खटिएको प्रहरीले उक्त हरिणको छाला सहित पक्राउ परेका दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीको लागि डिभिजन बन कार्यालय झापामा बुझाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

प्रकाशित मिति: २१:२२ बजे, मंगलबार, असार २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्