Kathmandu Press

तनहुँमा सकियो ५० प्रतिशत रोपाइँ

काठमाडौं, असार २२ : असार तेस्रो सातासम्म तनहुँमा ५० प्रतिशत भूभागमा रोपाइँ सकिएको छ । यस वर्ष समयमै वर्षा भएकाले अघिल्लो वर्षको तुलनामा...
तनहुँमा सकियो ५० प्रतिशत रोपाइँ

काठमाडौं, असार २२ : असार तेस्रो सातासम्म तनहुँमा ५० प्रतिशत भूभागमा रोपाइँ सकिएको छ । यस वर्ष समयमै वर्षा भएकाले अघिल्लो वर्षको तुलनामा यसपटक छिटो रोपाइँ शुरु भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।

अघिल्लो वर्ष यही समयसम्म जिल्लामा १८ प्रतिशत भूभागमा मात्रै रोपाइँ भएको थियो । केन्द्रका प्रमुख कुलप्रसाद तिवारीका अनुसार जिल्लामा ११ हजार ५०० हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । त्यसमध्ये दुई हजार ५०० हेक्टर क्षेत्रफलमा चैते धानको रोपाइँ हुने गरेको छ । यो वर्ष चाँडै वर्षा भएकाले कृषकलाई धान रोप्ने चटारो छ ।

Hardik ivf

कोरोना कहरका बाबजुद पनि कृषक धान रोप्न व्यस्त छन् । तनहुँमा राधा, सावित्री रामधान, सुगन्ध मसिनो, अनदी, सुनौलो सुगन्ध, मकवानपुर लगायतका धान खेती हुने गरेको छ । गत वर्ष ११ हजार २७९ हेक्टर खेतमा धान खेती गरिएकामा ४४ हजार सात ८२ मेट्रिकटन धान उत्पादन भएको थियो ।

केन्द्रका अनुसार भिमाद र शुक्लागण्डकीमा सुनौलो सुगन्ध जातका नयाँ धानको खेतीको शुरुवात गरिएको छ । तनहुँमा खेतीयोग्य जमीनको क्षेत्रफल ६५ हजार ६१ हेक्टर रहेको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले म्याग्दे, ब्यास लगायतका पालिकामा धान खेतमा क्षति पुगेको छ । 

प्रकाशित मिति: २०:२२ बजे, मंगलबार, असार २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्