Kathmandu Press

कोमल वलीको तीजको उपहार ‘छड्के तिलहरी’ (भिडियोसहित)

काठमाडौं, असार १७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद एवं चर्चित गायिका कोमल वलीले  ‘छड्के तिलहरी’ बोलको तीज गीत बजारमा ल....

कोमल वलीको तीजको उपहार ‘छड्के तिलहरी’ (भिडियोसहित)

काठमाडौं, असार १७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद एवं चर्चित गायिका कोमल वलीले  ‘छड्के तिलहरी’ बोलको तीज गीत बजारमा ल्याएकी छिन्। 

तीज आउन झण्डै डेढ महिना बाँकी छँदै गायिका वलीले उपहार स्वरुप ‘छड्के तिलहरी’ बोलको गीत बजारमा ल्याएकी हुन्। वलीले उक्त गीतको भिडियो आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक गरेकी छिन्।

Hardik ivf

गीतमा दिदीबहिनीको माया दर्शाएको छ। कोमलले प्रत्येक वर्ष तीजमा नयाँ स्वादका गीत बजारमा ल्याउँदै आएकी छिन्।  एकनारायण भण्डारीको शब्द रहेको गीतमा कोमल र उनकी बहिनी प्रज्ञाले स्वर भरेका छन्।

भिडियोमा कोमल, प्रज्ञा र उनका श्रीमान शरद चौलागाइँले अभिनय गरेका छन् भने निर्देशन पवित्रा आचार्यले गरेकी छन्। 

भिडियो हेर्नुस्: 
 

प्रकाशित मिति: १९:१३ बजे, मंगलबार, असार १७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्