Kathmandu Press

कांग्रेस नेता कुँवरको निधनप्रति देउवाद्वारा दुःख व्यक्त

काठमाडौं, असार २२ : नेपाली कांग्रेसका नेता रामजी कुँवरको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन्।नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्वआमन्त्रित सदस्य,...
कांग्रेस नेता कुँवरको निधनप्रति देउवाद्वारा दुःख व्यक्त

काठमाडौं, असार २२ : नेपाली कांग्रेसका नेता रामजी कुँवरको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन्।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्वआमन्त्रित सदस्य, कास्कीका महासमिति सदस्य एवं नेपाल ट्रेड युनियन कांग्रेसका पूर्ववरिष्ठ उपाध्यक्ष कुँवरको काठमाडौंको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा सोमबार निधन भएको थियो।

देउवाले कुँवरले नेपाली कांग्रेसको संगठन निर्माण, नेपालको लोकतान्त्रिक आन्दोलन र नेपाल ट्रेड युनियनका आन्दोलनहरुमा महत्त्वपूर्ण र सक्रिय योगदान गरेको स्मरण गरेका छन्।

कुँवर स्थानीय तह निर्वाचन २०७४ मा कांग्रेसको तर्फबाट पोखरा महानगरपालिकाको मेयर पदका उम्मेदवार समेत थिए। 

प्रकाशित मिति: १८:४८ बजे, मंगलबार, असार २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्