Kathmandu Press

कोरोना भाइरसबाट गण्डकी प्रदेशमा थप ७ जनाको मृत्यु 

काठमाडौं, असार २२ : गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ७...
कोरोना भाइरसबाट गण्डकी प्रदेशमा थप ७ जनाको मृत्यु 

काठमाडौं, असार २२ : गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ७ जनाको मृत्यु भएको हो ।

कास्कीका २, नवलपरासी पूर्वमा ३, बागलुङमा १ र गोरखामा १ सहित ७ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रका संयोजक नबराज शर्माले बताए । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९७४ पुगेको छ ।

Hardik ivf

त्यसैगरी गण्डकी प्रदेशमा थप ३६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार २०० जनाको नमुना परिक्षण गरिएकामा ३६६ जनामा संक्रमण देखिएको हो ।  संक्रमित मध्ये १३४ पुरुष र १३८ जना महिला रहेको प्रदेश स्वाथ्य निर्देशनालय गण्डकीले जनाएको छ।

निर्देशनालयका अनुसार नयाँ संक्रमितहरुमा कास्कीमा १३४, म्याग्दीका ४, पर्वत २८,लमजुङ १९,गोरखा ४८, तनहुँ ५२, बाग्लुङ २७, स्याङ्जाका २०, नवलपुरका ३३ र मनाङमा १ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५७ हजार ७८४ पुगेको छ ।

प्रदेशमा पछिल्लो २४ घण्टामा २८९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेहरुको संख्या ५३ हजार ६३९ पुगेको छ । 

प्रकाशित मिति: १८:३७ बजे, मंगलबार, असार २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्