Kathmandu Press

दुर्लभ वन्यजन्तुको अखेटोपहार कारोबारमा संलग्न चार चिनियाँ पक्राउ

काठमाडौं, असार २२ : दुर्लभ वन्यजन्तुको अखेटोपहारको अवैध कारोबार तथा जुवातास सट्टेबाजीमा संलग्न रहेको अभियोगमा चारजना चिनियाँ नागरिकलाई काठमाडौं महानगरपालिका–१७ ज्याठा गल्लीस्थित जियाङ्यु...
दुर्लभ वन्यजन्तुको अखेटोपहार कारोबारमा संलग्न चार चिनियाँ पक्राउ

काठमाडौं, असार २२ : दुर्लभ वन्यजन्तुको अखेटोपहारको अवैध कारोबार तथा जुवातास सट्टेबाजीमा संलग्न रहेको अभियोगमा चारजना चिनियाँ नागरिकलाई काठमाडौं महानगरपालिका–१७ ज्याठा गल्लीस्थित जियाङ्यु खाजन होटलबाट सोमबार राति प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरुमा काठमाडौं बालुवाटार बस्ने चीन युनान प्रान्त घर भएका राहदानी नम्बर ईएन ६३१२७४२  बाहक ३१ वर्षीय झाओ पेनुचेङ,  काठमाडौं ठहिटी बस्ने चीन हुबे प्रान्त घर भएका राहदानी नम्बर ई ९२१०४८१० बाहक ३४ वर्षीय मा जिनबिङ, चीन हेनान प्रान्त घर भएका राहदानी नम्बर इजेआई २३६०६३ बाहक ३१ वर्षीय निउ युलिआङ  र चीन जुआङगदोन्ज  प्रान्त घर भएका राहदानी नम्बर इबीजेट ६०२३३९ बाहक २८ वर्षीय पेङ हुई  छन्।

काठमाडौं महानरगपालिका–१७ ज्याठा क्वाबाहालमा चिनियाँ नागरिकहरु जम्मा भई सम्पत्ती हारजित हुने गरी जुवातास सट्टाबाजी खेलिरहेको भन्ने बिशेष सूचना प्राप्त हुना साथ महानगरीय प्रहरी परिसर टेकु र महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उक्त होटेल तलासी गर्दा दुर्भल बन्यजन्तुको अखेटोपहारको अबैध कारोबार र सम्पत्ती हारजित हुने गरी जुवातास सट्टाबाजी खेली खेलाइरहेको अबस्थामा उनीहरुलाई पक्राउ गरेको हो। 
 

प्रकाशित मिति: १८:२९ बजे, मंगलबार, असार २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्