Kathmandu Press

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ  

काठमाडौं, असार २२ : बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बुढानिलकण्ठ नगरपालिका–७ बस्ने ५९ वर्षीय लाक्पा लामालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।बैंकिङ कसुर मुद्दामा...
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ  

काठमाडौं, असार २२ : बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बुढानिलकण्ठ नगरपालिका–७ बस्ने ५९ वर्षीय लाक्पा लामालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको २०७७ माघ ९ गतेको फैसलाले सात दिन कैद र १५ लाख रुपैयाँ जरिवाना ठहर भएको र उक्त सजाय वेरुजु रही फरार उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं चक्रपथबाट पक्राउ गरेको हो। 

पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी झुक्यानमा पारी जनता बैंकमा लामाले आफ्नै नाममा रहेको खाताबाट भुक्तान हुने गरी पीडितलाई १५ लाख रुपैंया बराबरको चेक काटी दिएको घटनामा बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी अदालतबाट उक्त फैसला भएको थियो। 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको उक्त ब्युरोले जनाएको छ। 

प्रकाशित मिति: १८:१८ बजे, मंगलबार, असार २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्