Kathmandu Press

बालिका र युवती मृत अवस्थामा फेला 

काठमाडौं, असार २२ : सप्तरीमा एक बालिका र लमजुङमा एम युवती मृत अवस्थामा फेला परेका छन्।सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका–१ भारदह कोशी ब्यारेजस्थित सडक...
बालिका र युवती मृत अवस्थामा फेला 

काठमाडौं, असार २२ : सप्तरीमा एक बालिका र लमजुङमा एम युवती मृत अवस्थामा फेला परेका छन्।

सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका–१ भारदह कोशी ब्यारेजस्थित सडक छेउमा जमेको पानीमा हाल नाम, थर, वतन नखुलेकी करिब ४ वर्षीया बालिका मंगलबार मृत अवस्थामा फेला परेकी हुन्। 

त्यस्तै लमजुङको मध्यनेपाल नगरपालिका-८ रामबजारस्थित मादी खोलाको किनारमा कास्की मादी गाउँपालिका–९ मुग्रेबेसी बस्ने ३५ वर्षीया कल्पना अधिकारी मंगलबार मृत अवस्थामा फेला परेकी हुन् । 

यी दुवै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १८:१४ बजे, मंगलबार, असार २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्