सटही काउन्टरबाट नगद चोरी
कपिलवस्तु, असार २२ : कपिलवस्तुको कृष्णनगर नगरपालिका-२ बसपार्कस्थित हुसेन सटही काउन्टरबाट ४ लाख ६० हजार रुपैयाँ र १ लाख ५० हजार भारतीय रुपैयाँ...कपिलवस्तु, असार २२ : कपिलवस्तुको कृष्णनगर नगरपालिका-२ बसपार्कस्थित हुसेन सटही काउन्टरबाट ४ लाख ६० हजार रुपैयाँ र १ लाख ५० हजार भारतीय रुपैयाँ चोरी भएको छ।
मंगलबार बिहान काउन्टर सञ्चालक खाना खान गएको अवस्थामा ढोकाको लक फोडी उक्त नगद चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कृष्णनगरबाट टोली खटिएको थियो।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १८:०६ बजे, मंगलबार, असार २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१
जटिल रोग लागेका बिरामीलाई लुम्बिनी प्रदेशको दुई लाख सहयोगशुक्रबार, मंसिर ७, २०८१
अर्जुनचौपारी गाउँपालिकाद्धारा स्याङ्जाका तीन यु–१९ महिला क्रिकेटरलाई सम्मान बिहीबार, मंसिर ६, २०८१