Kathmandu Press

सवारी दुर्घटनामा दुईजनाको मृत्यु 

काठमाडौं, असार २२ : कालीकोट र दैलेखमा भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्युभएको छ।कालीकोटको रास्कोट नगरपालिका–६ कालापानीस्थित सडकमा क१ज २३ नम्बरको जिप अनियन्त्रित...
सवारी दुर्घटनामा दुईजनाको मृत्यु 

काठमाडौं, असार २२ : कालीकोट र दैलेखमा भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्युभएको छ।

कालीकोटको रास्कोट नगरपालिका–६ कालापानीस्थित सडकमा क१ज २३ नम्बरको जिप अनियन्त्रित भई पल्टिएर मंगलबार बिहान दुर्घटना हुँदा जिपमा सवार सोही नगरपालिका–३ बस्ने ३६ वर्षीया पम्फा फडेराको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका चारजनाको उपचार भइरहेको छ। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

त्यस्तै दैलेखको दुल्लु नगरपालिका–२ कुवाखोलास्थित सडकमा भे१ख २३९७ नम्बरको ट्रकको ठक्करबाट सडक विभागमा काम गर्ने सोही नगरपालिका–६ तोलीपानी बस्ने १७ वर्षीय यज्ञ बहादुर घर्तीको मंगलबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ।

उक्त ट्रकले बा२०च ३६०० नम्बरको स्कारपियोलाई समेत ठक्कर दिँदा क्षति भएको छ। फरार ट्रक चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: १८:०० बजे, मंगलबार, असार २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्