मंगलबार थपिए २६३४ कोरोना संक्रमित, १५ जनाको मृत्यु
देशभरमा ७५०३ जनाको पिसिआर परीक्षणबाट १७१८ जनामा र ५०८२ जनाको एन्टिजेन परीक्षणबाट ९१६ जनामा संक्रमण पुष्टि भएको हाे।
काठमाडौं, असार २२ : पछिल्लो २४ घण्टामा २६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभरमा ७५०३ जनाको पिसिआर परीक्षणबाट १७१८ जनामा र ५०८२ जनाको एन्टिजेन परीक्षणबाट ९१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५६५ जना संक्रमणमुक्त भएका छन्।
यस्तै, संक्रमणबाट १५ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। योसँगै हालसम्म ९२६३ जनाको मृत्यु भइसकेको छ।
प्रकाशित मिति: १६:५६ बजे, मंगलबार, असार २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











