Kathmandu Press

कोशी राजमार्ग : पहिरोले माम्लिङ–पिलुवा खोला सडक अवरूद्ध

सङ्खुवासभा, असार २२ : कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको माम्लिङ–पिलुवा खोला सडकमा ढुङ्गासहितको पहिरो खसेपछि सडक अवरूद्ध बनेको छ।सोमबार धर्मदेवी नगरपालिकाको छुमाङ भिरबाट पहिरो खसेपछि सडक...
कोशी राजमार्ग : पहिरोले माम्लिङ–पिलुवा खोला सडक अवरूद्ध

सङ्खुवासभा, असार २२ : कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको माम्लिङ–पिलुवा खोला सडकमा ढुङ्गासहितको पहिरो खसेपछि सडक अवरूद्ध बनेको छ।

सोमबार धर्मदेवी नगरपालिकाको छुमाङ भिरबाट पहिरो खसेपछि सडक अवरूद्ध भएको सडक डिभिजन कार्यालय तुम्लिङटारले जनाएको छ।

एक साता लामो झरीपछि गएको पहिराले सडकमा ठूल्ठूला ढुङ्गासहितको माटो खसेको डिभिजन प्रमुख गौतमकुमार श्रेष्ठले बताए। उक्त सडकखण्डमा यातायातका साधन एकतर्फी खुलाउने प्रयास भइरहेको छ।

Hardik ivf

श्रेष्ठका अनुसार ढुङ्गा खसेको सडकभन्दा केही तल बाक्लो गाउँ भएकाले हटाउन समस्या भइरहेको छ। पहिरो हटाउन प्रहरी र सशस्त्र प्रहरी खटाइएका छन्।

यस्तै, पहिराले खाँदबारी किमाथाङ्का सडकअन्तर्गत मकालु गाउँपालिकाको दोभान खण्डमा पनि पहिराले सडक अवरूद्ध पारेको छ। दोभानबाट हेदांनातर्फ जाने सडकमा पहिरो खसेको हो।

उता सिलिचोङ गाउँपालिका(१ सिसुवाखोलाको तेन्छोङमा पहिराबाट एक घर पुरिएको छ।

आइतबार राति अविरल वर्षासँगै आएको पहिराले घरमा क्षति पुग्नाका साथै ८० वर्षीय छत्तीसकुमार राई घाइते भएको वडाध्यक्ष अलक्षकुमार राईले जानकारी दिए।

आइतबार राति १ बजेतिर घरमाथिबाट आएको पहिराले उक्त घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ।

घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। पहिराबाट छत्तीसकुमारकी श्रीमती सुखमाया राई र नातिनी भागेर बाँच्न सफल भएको वडाध्यक्ष राईले बताए। त्यस क्षेत्रमा तीन दिनदेखि लगातार वर्षा भइरहेको छ। रासस 

प्रकाशित मिति: १५:५३ बजे, मंगलबार, असार २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्