Kathmandu Press

सशस्त्र डिआइजीमा बढुवाका लागि एसएसपीद्वय धौवजी र न्यौपाने सिफारिस

काठमाडौं, असार २२ : सशस्त्र प्रहरीमा रिक्त दुई डिआइजीमा बढुवाका लागि एसएसपीद्वय कालिदास धौवजी र कुमार न्यौपानेलाई सिफारिस गरेको छ। बढुवा समितिको आज (मंगलबार)...
सशस्त्र डिआइजीमा बढुवाका लागि एसएसपीद्वय धौवजी र न्यौपाने सिफारिस

काठमाडौं, असार २२ : सशस्त्र प्रहरीमा रिक्त दुई डिआइजीमा बढुवाका लागि एसएसपीद्वय कालिदास धौवजी र कुमार न्यौपानेलाई सिफारिस गरेको छ। 

बढुवा समितिको आज (मंगलबार) बसेको बैठकले डिआइजीमामा बढुवा सिफारिसको निर्णय गर्दै त्यसउपर कुनै उजुरी भए सात दिनभित्रमा समितिमा दिन सूचना जारी गरेको छ।

उनीहरु नेपाल प्रहरीको प्राविधिक सईबाट गैरप्राविधिक बनेर सशस्त्र प्रहरीमा मा प्रवेश गरेका हुन्। वरीयतामा उनीहरू अगाडि नै रहिआएका थिए। 

प्रकाशित मिति: १५:४६ बजे, मंगलबार, असार २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्