जनकपुरमा असार मसान्तसम्म सवारीसाधनको करमा जरिवाना नलिइने
जनकपुरधाम, असार २२ : प्रदेश नं २ सरकारले सवारीसाधनमा लाग्ने शुल्क र दस्तुरमा असार मसान्तसम्म जरिवाना नलिने निर्णय गरेको छ। कोरोना सङ्क्रमणको वृद्धिले लागू गरिएको...
जनकपुरधाम, असार २२ : प्रदेश नं २ सरकारले सवारीसाधनमा लाग्ने शुल्क र दस्तुरमा असार मसान्तसम्म जरिवाना नलिने निर्णय गरेको छ।
कोरोना सङ्क्रमणको वृद्धिले लागू गरिएको निषेधाज्ञाका कारण सवारी साधनको शुल्क र दस्तुर बुझाउन नसकिएका अवस्थालाई दृष्टिगत गरी मन्त्रिपरिषद्द्वारा सो निर्णय गरिएको हो।
भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले निषेधाज्ञाले गर्दा सवारीसाधन सञ्चालनमा नआएको र यातायात कार्यालय पनि बन्द रहेकाले सरकारले जरिवाना छुट दिएको स्पष्ट पारे।
प्रकाशित मिति: १५:०३ बजे, मंगलबार, असार २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











