Kathmandu Press

सङ्खुवासभाको भोटखोला जाने सडक तीन दिनदेखि अवरुद्ध

किमाथाङ्का, असार २२ : सङ्खुवासभाको भोटखोला जाने सडक अवरुद्ध भएको छ । लगातारको वर्षासँगै आएको पहिराका कारण उत्तर दक्षिण सडक खण्ड तीन दिनदेखि  अवरुद्ध...
सङ्खुवासभाको भोटखोला जाने सडक तीन दिनदेखि अवरुद्ध

किमाथाङ्का, असार २२ : सङ्खुवासभाको भोटखोला जाने सडक अवरुद्ध भएको छ । लगातारको वर्षासँगै आएको पहिराका कारण उत्तर दक्षिण सडक खण्ड तीन दिनदेखि  अवरुद्ध  भएको हो ।

उत्तर दक्षिण सडकखण्डको मकालु गाउँपालिका–३ को हेनाङनामा पहिरो खसेपछि सडक अवरुद्ध भएको उत्तर दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनीयर गौतमकुमार श्रेष्ठले जानकारी दिए।  

Hardik ivf

पहिरोका कारण शनिबारदेखि सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिका जाने सो सडकखण्ड अवरुद्ध भएको थियो । अवरुद्ध सडक खुलाउन सोमबार एउटा स्काभेटरबाट काम भइरहेको इञ्जिनीयर गौतमकुमार श्रेष्ठले बताए। 

थप पहिरो नआए अवरुद्ध सडक बुधबार पुनः सञ्चालन हुने उनको भनाइ छ । सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिकासँग सम्बन्ध टुटेको छ। अहिले सदरमुकाम खाँदबारीबाट भोटखोला जाने यातायात मकालु गाउँपालिकाको नुमसम्म मात्रै चलेका छन् ।

सडकखण्ड अवरुद्ध भएपछि मकालु गाउँपालिका केही वडा र भोटखोला गाउँपालिकामा यातायात सेवा बन्द भएको छ । 
 

प्रकाशित मिति: १४:२६ बजे, मंगलबार, असार २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्