Kathmandu Press

रुसी जहाज बेपत्ता, २९ यात्रुको अवस्था अज्ञात

बर्लिन, असार २२ : मङ्गलबार बिहान २९ यात्रु लिएर रूसको सुदुर पूर्वी क्षेत्रबाट उडेको रूसी जहाज सम्पर्क विहीन भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । जहाजमा छ चालक...
रुसी जहाज बेपत्ता, २९ यात्रुको अवस्था अज्ञात

बर्लिन, असार २२ : मङ्गलबार बिहान २९ यात्रु लिएर रूसको सुदुर पूर्वी क्षेत्रबाट उडेको रूसी जहाज सम्पर्क विहीन भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

जहाजमा छ चालक दलका सदस्यसहित २९ जना यात्रु रहेको रूसी समाचार संस्था स्पुटिनकले जानकारी गराएको छ।

रूसको पेट्रोपाभलोस्क–कामचास्कीबाट पालानाका लागि उडेको जहाज कामचात्का क्षेत्रबाट मङ्गलबार अपरान्ह रार्डरसँग सम्पर्क बिच्छेद् भएको रूसी आपतकालीन सेवा मन्त्रालयको प्रमुख महानिर्देशनालयले जानकारी गराएको छ।

जहाजबारे थप जानकारी सङ्कलन भइरहेको रूसी प्रशासनले बताएको छ। 

प्रकाशित मिति: १२:२७ बजे, मंगलबार, असार २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्