Kathmandu Press

मेरो भनाइ कसैप्रति लक्षित छैन : कोमल वली

काठमाडौं, असार २२ : ‘बाँदरको जमात र अमृतपानको सपना’ नामक कविता सुनाएकै कारण आलोचनाको सिकार बनेकी राष्ट्रियसभा सदस्य वलीले उक्त कविता कसैप्रति लक्ष्यित...
मेरो भनाइ कसैप्रति लक्षित छैन : कोमल वली

काठमाडौं, असार २२ : ‘बाँदरको जमात र अमृतपानको सपना’ नामक कविता सुनाएकै कारण आलोचनाको सिकार बनेकी राष्ट्रियसभा सदस्य वलीले उक्त कविता कसैप्रति लक्ष्यित नरहेको स्पष्ट पारेकी छन्। 

सोमबार राष्ट्रिय सभा बैठकमा आफ्नो धारणा राख्ने क्रममा सो कविता सुनाएकी थिइन्। एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्य बनेकी वलीले कविताका माध्यमले विपक्षीप्रति अभद्र व्यवहार प्रस्तुत गरेको भन्दै आलोचना भएको थियो।

उनले आज (मंगलबार) सामाजिक सञ्जाल फेसबुकमार्फत प्रस्टीकरण दिँदै भनेकी छन्, ‘मेरा कुनै धारणाहरु व्यक्तिप्रति लक्षित छैनन्। मेरो देश समाज र जनताप्रति समर्पित छ। देश र जनताका लागि बोल्दा कसैका कलमहरु कसैलाई निरत्साहित गर्न चल्नुपर्छ भन्ने छैन।’

कसैलाई निरुत्साहित गर्न कसैका व्यक्तिगत कुराहरु उठाएर बहादुरी पनि प्राप्त नहुने र प्रतिस्पर्धी बन्न पनि नसकिने बताएकी छन्। ‘यो कुरा एकपटक भौतिक शरिरबाट अन्त हुनेहरूले सोच्नु नै पर्दछ!’ उनले लेखेकी छन्।

देश र जनताभन्दा ठूलो कोही नहुने र हरेक नेपालीको चाहाना देशको सुरक्षा, सिमानाको रक्षा जनताको सम्मृद्धि रहेको उनको भनाइ छ। 

दुनियाँमा हामीभन्दा कमजोर देशहरू आफूलाई प्रगतिको मार्गमा अगाडि बढाएका छन्! शिक्षा स्वास्थ्य र खानपिन र रहनसहनको निम्ति कसैको हात थाप्नुपर्दैन! कुनै पनि राज्यका संरचना संचालन गर्न विदेशीको ऋण लिनु पर्दैन!’ फेसबुकमा उनले लेखेकी छन्, ‘तर हामी आज कहाँ छौं? अझै पनि हामी खानका निम्ति हात थाप्नुपर्ने, औषधिको अभावमा मर्नुपर्ने, हाम्रो शिक्षालाई कसैले स्वीकार नगर्ने, हाम्रो शिक्षा रोजगारीमूलक पनि नबन्ने, यस्तो कहालिलाग्दो अवस्थामा नेताहरुले राष्ट्र र जनतालाई प्राथमिकता नदिनु योभन्दा बाँदर प्रवृत्ति के हुन्छ?’

प्रकाशित मिति: १२:०८ बजे, मंगलबार, असार २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्