महुली खोलाले बगाउँदा युवतीको मृत्यु
सप्तरी, असार २२ : सप्तरीको अग्निसाइर कृष्णसरवण गाउँपालिकाको महुली खोलाले बगाउँदा एक युवतीको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालयका अनुसार अग्निसाइर–१ का जुरमी साहकी २२...
सप्तरी, असार २२ : सप्तरीको अग्निसाइर कृष्णसरवण गाउँपालिकाको महुली खोलाले बगाउँदा एक युवतीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार अग्निसाइर–१ का जुरमी साहकी २२ वर्षीया महाकुमारी साहको मृत्यु भएको हो।
उनी सोमबार आफ्नी बहिनी आशाकुमारीसँग बाँसको तामा काट्नका लागि जङ्गल पुगेका थिइन्। तामा लिएर साँझ घर फर्किने क्रममा महुली खोलामा आएको बाढीले महाकुमारीलाई बगाएको थियो।
इलाका प्रहरी कार्यालय महुली र कञ्चनपुरको प्रहरी टोली तथा स्थानीय बासिन्दाले खोजतलास गर्ने क्रममा बगाएको ठाउँबाट करिब २०० मिटर तल उनको शव भेटेको सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
प्रकाशित मिति: ०८:५० बजे, मंगलबार, असार २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











