थप २६२२ जनामा कोरोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु
७४९९ नमुनाको पीसीआर परीक्षण गर्दा १७४५ र ४२८ एन्टिजेन परीक्षण गर्दा ८७७ गरी २६२२ जनामा कोरोना संक्रमण देखिएको हाे ।
काठमाडौं, असार २१ : पछिल्लो २४ घण्टामा २६२२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
७४९९ नमुनाको पीसीआर परीक्षण गर्दा १७४५ र ४२८ एन्टिजेन परीक्षण गर्दा ८७७ गरी २६२२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ भने २२११ जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति: १७:०४ बजे, सोमबार, असार २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











