Kathmandu Press

बागमती प्रदेशसभाको बैठक अवरुद्ध

मकवानपुर, असार २१ : बागमती प्रदेशसभाको आज बसेको पहिलो बैठक नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको अवरोधका कारण अवरुद्ध भएको छ।प्रदेशसभाको बैठकमा प्रमुख विपक्षी...
बागमती प्रदेशसभाको बैठक अवरुद्ध

मकवानपुर, असार २१ : बागमती प्रदेशसभाको आज बसेको पहिलो बैठक नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको अवरोधका कारण अवरुद्ध भएको छ।

प्रदेशसभाको बैठकमा प्रमुख विपक्षी दल माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेलले बजेट देश र जनताको हितमा नभएकोले मुख्यमन्त्री डोरमणि पौडेलसँग बसेर वार्ताबाट निकास नभएसम्म बैठक सञ्चालन हुन नदिने अडान राख्नुभएपछि सभामुख सानुकुमार श्रेष्ठले बैठक स्थगित गरेका हुन्।

सभामुख श्रेष्ठले अर्को सूचना जारी भएपछि मात्रै बैठक सञ्चालन गर्ने बताएका छन्। आजको बैठक दिउँसोको १ बजे शुरु गर्ने भनिएपनि १ बजेर ४० मिनेटमा सुरु गरिएलगत्तै करीब ३ मिनेट बसेर स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ।

सभामुख श्रेष्ठको सक्रियतामा हिजो सर्वदलीय बैठकको आयोजना गरी प्रमुख प्रतिपक्षी र प्रतिपक्षीसँग सरकारले सहमति कायम गरी आजैबाट बजेट विनियोजन शीर्षकमा छलफल चलाउने सहमति अनुसार बैठक निश्चित समयभन्दा ४० मिनेटपछि सञ्चालन भएपनि छलफललाई पूर्णता प्रदान गर्न नसकिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिएका छन्।

उनीहरुले प्रतिपक्षी दलका तर्फबाट सरकारले ल्याएको बजेटमा भीमफेदी–कुलेखानी सुरुङमार्ग, विद्युतीय बस खरीद गरी सञ्चालन गर्ने र सरकार आफैँले आफ्नो स्वामित्वमा रहने गरी सरकारी रेडियो, टेलिभिजन र छापा सञ्चालन गर्ने भनी ल्याइएको कार्यक्रमलाई पुनः आत्मसमीक्षा गरी छलफल गर्नुपर्ने तथा आवश्यकता अनुसार बजेट फेरबदल गर्न माग गरिएको नेकपा माओवादी केन्द्रका नेता जम्मकट्टेलले बताए।

बजेटमा प्रतिपक्षी दलहरुको भावनालाई आघात पुग्ने गरी एकलौटी ढङ्गबाट आफ्नै गुटको लागि मात्रै बजेट कार्यक्रम विनियोजित गरिएको र पूर्वाधार निर्माणबिनै सरकारले विद्युतीय बस सञ्चालन गर्ने र आफ्नो दलगत स्वार्थको लागि सञ्चारगृह सञ्चालन गर्ने कार्यले प्रजातान्त्रित संस्कार र संवैधानिक प्रक्रियामाथि पनि चुनौती थपिने हुँदा पुनः समीक्षासाथ विनियोजन गर्न कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले माग गरे।
 

प्रकाशित मिति: १५:१८ बजे, सोमबार, असार २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्