Kathmandu Press

कोरोनाविरुद्धको खोप वितरणमा समानता होस– बान कि मुन

कोरोनाविरुद्धको खोप वितरणमा समानता होस– बान कि मुन

बेइजिङ, असार २१ : संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बान कि मुनले कोरोना भाइरसविरुद्धको खोप वितरणको काममा समानता हुनुपर्ने बताएका छन् ।

उनले यो महामारीले विश्वलाई नै उत्तिकै असर गरिरहेकोले सबै देशहरुले यो खोपको उपलब्धतामा समान व्यवहार अपनाउनुपर्नेमा जोड दिएका छन्। 

Hardik ivf

उनले अहिले यो खोपको उत्पादन र वितरणका क्षेत्रमा काम गरिहेका देशहरुले अहिलेको प्रयासलाई थप दोब्बर बनाउनुपर्नेमा जोड दिएका हुन् ।

एक भिडियो कन्फ्रेन्समा बोल्दै उनले भने– यो अवस्थामा विश्वलाई नै कोरोना भाइरसको महामारीबाट बचाउनुपर्छ र त्यसका लागि विश्वका सबै देशका नागरिकमा खोपको उपलब्धता हुनु जरुरी छ। 

उनले अहिले जलवायु परिवर्तनको चपेटामा पनि मानिसहरु परिररहेका प्रसंग उल्लेख गर्दै जलवायु परिवर्तनले मानिसहरुको विस्तारै अर्थात नजानिँदो रुपले ज्यान लिइरहेको छ र यो कोरोना भाइरसले चाँडो चाँडो ज्यान लिएको छ भने।

यी दुवै समस्याका विरुद्धमा विश्व एक भएर लड्नुपर्नेमा पनि उनले सो कन्फ्रेन्समा जोड दिएका थिए। 
 

प्रकाशित मिति: १२:२१ बजे, सोमबार, असार २१, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्