Kathmandu Press

सिगास गाउँपालिकाका कर्मचारी मृत फेला

सिगास गाउँपालिकाका कर्मचारी मृत फेला

बैतडी, असार २१ : बैतडीको सिगास गाउँपालिकाका एक कर्मचारी मृत फेला परेका छन्।

गाउँपालिकाको आयुर्वेद शाखामा कविराज पदमा छनोट भएका कञ्चनपुरको वेदकोट नगरपालिकाका ३६ वर्षीय मीनराज भट्ट मृत फेला परेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए। 

नयाँ नियुक्त भएका भट्ट गाउँपालिकातर्फ नियुक्ति बुझ्नका लागि जाँदै गरेका बेला अपरान्ह ४ः३० बजे  सिगास–२ कुर्चेनेटा भन्ने स्थानमा मृत भेटिएका हुन्।  

उनले भने, ‘नयाँ नियुक्ति लिनका लागि गाउँपालिका जाँदै गर्दा पेट दुख्यो भनेर एक्कासि ढलेको भन्ने बुझिएको छ।’

गाउँपालिका केन्द्र गर्जे जाँदै गरेका भट्ट अचानक पेट दुख्यो भनेर अस्पताल जान्छु भनी बाटोबाटै फर्किएको र फर्केको ठाउँबाट ५०० मिटर वर आउँदा एक्कासि ढलेको बताइएको छ।
भट्टको मृत्युको कारण भने खुल्न सकेको छैन।

शव परीक्षण आजमात्रै गरिने इलाका प्रहरी कार्यालय पाटन बैतडीले जनाएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। रासस

प्रकाशित मिति: ११:५३ बजे, सोमबार, असार २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्