एभेन्जर्स एन्डगेमको रि–रिलिज ट्रोलको शिकार
काठमाडौं, असार १७ : एभेन्जर्स एन्डगेमले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको थियो। र दर्शकको चाहानालाई ध्यानमा राखि मार्भल स्टुडियोले यसक....

काठमाडौं, असार १७ : एभेन्जर्स एन्डगेमले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको थियो। र दर्शकको चाहानालाई ध्यानमा राखि मार्भल स्टुडियोले यसको रि–रिलिजको घोषणा गरेको थियो।
रि–रिलिजलाई लिएर विश्वभरका दर्शक निकै उत्साहित र खुशी भएका थिए। तर, रि–रिलिज पश्चात उनीहरुको खुशी अहिले रिस र आक्रोशमा परिणत भएको छ। एभेनजर्सका फ्यानको आक्रोश सामाजिक संजालमा ट्रोलको रुपमा देखिएको छ।
रि–रिलिजको एक हप्तामा ५.५ मिलियन अमेरिकी डलर कमाएको फिल्म त्योभन्दा बढि नराम्रो प्रतिक्रिया पाइरहेको छ।
रि–रिलजमा बोनस सिनको रुपमा स्मार्ट हल्कको सिन प्रस्तुत गरिएको छ। जुन पहिलो रिलिजका बेला अधूरो छोडिएको थियो।
जसमा हल्कले केही बालबालिकालाई आगोबाट बचाउदै फोनमा कुरा गरेको देखाइन्छ। तर दर्शक त्यतिबेला रिसाए, जब हल्क फोनमा कुरा गरिहेको देखाउदा पनि उसको मुख बन्दको बन्द नै थियो।
दर्शकले यो नचाहिदो सिनलाई ‘अधुरो महत्वपूर्ण’ सिन भनेर देखाएको भन्दै ट्रोल बनाएका छन्।












