Kathmandu Press

क्रियाशील सदस्यता छानबिन समितिको प्रवक्तामा पौडेल

काठमाडौं, असार २० : नेपाली कांग्रेस क्रियाशील सदस्य छानबिन समितिको प्रवक्ताको जिम्मेवारी केन्द्रीय सदस्य प्रदीप पौडेललाई दिइएको छ ।कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले...
क्रियाशील सदस्यता छानबिन समितिको प्रवक्तामा पौडेल

काठमाडौं, असार २० : नेपाली कांग्रेस क्रियाशील सदस्य छानबिन समितिको प्रवक्ताको जिम्मेवारी केन्द्रीय सदस्य प्रदीप पौडेललाई दिइएको छ ।

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले आज एक विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्य पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको बताइएको हो ।

छानबिन समितिको आधिकारिक धारणा सार्वजनिक गर्न केन्द्रीय सदस्य पौडेललाई प्रवक्ता तोकिएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए । 

पार्टीका केन्द्रीय सदस्य रमेश लेखक संयोजक रहेको उक्त समितिमा पौडेलसहित आनन्द ढुङ्गाना, श्याम घिमिरे, जीवन परियार, कल्याण गुरुङ र योगेन्द्र चौधरी सदस्य रहेका छन् । (रासस) 
 

प्रकाशित मिति: १९:२० बजे, आइतबार, असार २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्