उपत्यकामा थपिए ४६१ जना कोरोना संक्रमित

काठमाडौं, असार २० : काठमाडौं उपत्यकामा ४६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३४२, ललितपुरमा ८८ जना र भक्तपुरमा ३१ जना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा देशभर थप १६०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २७ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: १६:५१ बजे, आइतबार, असार २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











